८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गोल ‘मेसिन’ लेवान्डोस्की, २९ खेलमा ३५ गोल



एजेन्सी ।
रोबर्ट लेवान्डोस्कीले यो सिजन लगातार गोल गर्दै आएका छन् । उनले जर्मन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा सिजनको ३४ र ३५ औँ गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा होफेनहेमलाई ४–३ ले पराजित गर्दै बार्यन म्युनिख जर्मन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले ३६ र ८० औँ मिनेटमा गोल गरेका हुन् ।

यस्तै थोसम मुलरले टिमका लागि २० औँ मिनेटमा गोल गरेका थिए । ८ औँ मिनेटमा बार्यनका बोएटेङ्गले आत्मघाती गोल गरेर होफेनहेमलाई अग्रता दिलाएका थिए । १२ औँ मिनेटमा होफेनहेमका हुब्नरले आत्मघाती गोल गरेर खेलमा बराबरीको अवस्था बन्यो ।

होफेनहेमका लागि डाब्बुरले ८२ औँ तथा इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए । लेवान्डोस्कीले यो सिजनका मात्रै २९ खेलमा ३५ गोल गरिसकेका हुन् । उनले बार्यनका पछिल्ला चार खेलमा लगातार गोल गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  ८ : ३५ बजे