१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

विश्व वरीयतामा नेपाली महिला भलिबल ८७औँ स्थानमा



काठमाडौं ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)ले सार्वजनिक गरेको विश्व वरीयतामा नेपालको राष्ट्रिय महिला भलिबल टोली ८७औँ स्थानमा परेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआईभीबीले आज सार्वजनिक गरेको वरियतामा एफआईभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरीयता निर्धारण गरिएको एफआईभीबीले जनाएको छ ।
वरियता क्रममा नेपालको ५७ अंक रहेको छ । त्यस्तै, नेपाली महिला भलिबल टोलीले बंगलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको थियो ।
त्यस्तै, नेपालमा नै आयोजना भएको तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला टोलीले एतिहासिक रजत पदक हात पारेको थियो । त्यसैगरी, वरीयता क्रममा भारत ९७ अंकसहित ५४औं स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा भने चीन छ ।
३९१ अंक जोड्दै चीन शीर्ष स्थानमा रहेको हो । ३८२ अंक रहेको अमेरिका दोस्रो तथा ३२८ अंक रहेको ब्राजिल तेस्रो स्थानमा छ । यस्तै, इटाली चौथो, टर्की पाँचौँ, सर्बिया छैटौँ, जापान सातौँ, रसिया आठौँ, डोमिनिक गणतन्त्र नवौँ र दक्षिण कोरिया दशौँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  ६ : ०२ बजे