१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

कैलाश आश्रम नन्दनगरमा ‘बाउण्डरीवाल’ को शिलन्यास



दीपा महत, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा अवस्थित कैलाश आश्रमको वरीपरी बाउण्डरीवाल लगाइने भएको छ । जिल्लाकै पर्यटकिय गन्तब्य मानिने धामको सुरक्षा र सौन्दयकरणको लागि बाउण्डरी वाल लगाइने भएको हो । बाउण्डरीवालको मंगलबार प्रदेश सांसद विष्णु पन्थीले शिलन्यास गर्नुभएको छ । उहाले कपिलवस्तुको धार्मिक तथा पर्यटकिय गन्तब्य रहेको कैलाश आश्रमलाई पर्यटकिय हब बनाउने बताउनुभयो ।
कैलाश धामको विकास र प्रवर्धनका लागि आफुले प्रदेशमा पहल गरिरहेको बताउनुभयो । जिल्लाका ऐतिहासिक महत्व बोकेका विभिन्न क्षेत्रको पहिचान गर्न सके यसले आर्थिक समृद्धिमा टेवा पुग्ने उहाँको भनाई छ । कैलाश आश्रममा बाउण्डरीवाल नहुँदा सुरक्षाको चुनौती थियो । अब भने त्यो समस्या समाधान हुने भएको छ । प्रदेश ५ वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त बाउण्डरीवालकोे लागत ५० लाख रहेको छ ।
बाउण्डरीको निर्माण यहि आर्थिक वर्ष भित्र सक्ने योजना छ । शिलन्यास कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेर चक्र अर्याल, प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थी लगाएतको उपस्थिती रहेको थियो । कैलाश आश्रममा रहेको मनकामना संस्कृत विद्यापीठमा गुरुकुलीय पद्धती अनुसार मावि तहको अध्ययन अध्यापन भैरहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७६ बुधबार ००:००  ११ : ४८ बजे