८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

शिक्षण संस्थामा चासो दिऔं, अनावश्यक राजनीति नगरौंः गोपाल थापा



मायादेवी अनलाइन, विजयनगर ।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षामा आमूल परिवर्तन विना साचेजस्तो विकास सम्भव नभएको बताउनुभएको छ । गुणस्तरीयता कायम गर्न आफुले जुनसुकै सहयोग गर्न तयार रहेको भन्दै शिक्षक, शिक्षिकालाई शिक्षण कार्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
शिक्षा सबैको सरोकारको विषय भएपनि यसमा स्वच्छ भावनाले काम गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षा जस्तो पवित्र ठाउँमा अनावश्यक राजनीति गर्न नहुने थापाले धारणा राख्नुभयो । ‘शिक्षाप्रति सबैको चासो हुनु राम्रो हो तर, पवित्र भावना आउनुपर्छ । अनावश्यक राजनीति गर्ने थलो शिक्षा क्षेत्र होइन्, उहाँले प्रष्ट पार्नुभयो ।’ विद्यालयको शैक्षिक स्तर, भौतिक संरचना लगाएत हरेक क्षेत्रमा गाउँपालिकाले सहयोग गर्ने पनि उहाँले प्रतिबद्धता जाहेर गर्नु भयो ।
गाउँपालिकाको वडा नम्बर ५ स्थित शिव माध्यमिक विद्यालय व्यवस्थापन समिती पुर्नगठन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताउनु भएको हो ।
सोहीक्रममा विद्यालय व्यवस्थापन समिती पुनःगठन गरिएको छ । सोमबार भएको अभिभावक भेलाले चार जना सदस्यमा महिला तर्फ रामरती पासी, लेमाया विश्वकर्मा र पुरुष तर्फ जय प्रकाश चौधरी, टेक नारायण बिकलाई सर्वसहमतीले चयन गरेका हुन् ।
कार्यक्रमको सहजिकरण शिक्षा शाखा तर्फबाट शिवराज सुवेदीले गर्नुभएको थियो । नवगठित समितीलाई गणेशपुर माविका श्याम प्रसाद चौधरी, दुधाधारी माविका प्रधानाध्यापक सुग्रीम कोरी, लोकेश थापा, राम प्रघट कोरी ७ नम्बर वडा अध्यक्ष दिनेश कुमार चौधरी, ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने प्रधानाध्यक बालजी यादवको स्वागत मन्तव्यमा कार्यक्रम विजयनगर गाउँपालिका निबर्तमान अध्यक्ष राजेश उपाध्यायको अध्यक्षता, कार्यक्रमको सञ्चालन शिक्षक सग्राम बढईले गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७६ मंगलबार ००:००  ६ : ५६ बजे