८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौं ।
विश्व क्यान्सर दिवस मंगलबार नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठन डब्लुएचओको आह्वानमा हरेक वर्षको फ्रेबु्रअरी चार तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्वमा हुने कुल मृत्युको करिव १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका रोगी रहेको डब्लुएचओको तथ्याङ्कमा उल्लेख छ । प्रत्येक ६ मध्ये १ जनाको मृत्यु क्यान्सरबाट हुने गरेको पाइन्छ ।
नेपालमा अझै ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा अस्पताल जाने गरेकाले क्यान्सरबाट हुने मृत्युदर बढेको चिकित्सकहरु बताउँछन् । विकसित देशमा हुने मृत्युमध्ये क्यान्सर दोस्रो र विकासशिल देशमा तेश्रो स्थानमा आउँछ । विकासशिल देशमा करीब ७० प्रतिशतको मत्यु क्यान्सरका कारण हुने गरेको तथ्याङ्क छ ।
सुरुकै चरणमा अस्पताल पुगे ७० देखि ८० प्रतिशत सम्म क्यान्सर निदान गर्न सकिने क्यान्सर रोग विशेषज्ञ बताउछन् ।
स्वस्थ्य जीवनशैली अपनाउन सके र सुर्तीजन्य पदार्थको प्रयोग नगरे ३० देखि ५० प्रतिशत क्यान्सरको जोखिम कम हुन सक्छ । सन्तुलित खाना र सक्रिय जीवनशैलीले ३० देखि ७० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : २१ माघ २०७६ मंगलबार ००:००  ६ : ११ बजे