१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

जमुनाहामा ‘कोरोना हेल्थ डेस्क’ सञ्चालन



बाँके ।
कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ आइतबारदेखि सञ्चालनमा ल्याइएको छ ।
सो सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए ।
डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । विशेष गरी डेस्कले ज्वरो आएका, रुघाखोकी लागेका र शङ्कास्पदको स्वास्थ्य परीक्षण गर्नेछ । यसका लागि दुईवटा इन्फारेड थर्मो्मिटर प्रयोग गरिने जनाइएको छ । (रासस)

प्रकाशित मिति : २० माघ २०७६ सोमबार ००:००  ५ : ३६ बजे