८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

साहारा सामुदायिक वनको अध्यक्षमा थापा निर्वाचित



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको भलवाडमा रहेको साहारा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा नारायण बहादुर थापा निर्वाचित हुनुभएको छ । साविक भलवाड गाविसको वडा नं. १ र २ मा अवस्थित बनको उपाध्यक्षमा हुम बहादरु सुनार, सह सचिवमा टेकेन्द्र जि.सि र कोषाध्यक्षमा रेखा खत्री निर्वाचित हुनुभएको छ ।
यसैगरी समितिको सदस्यहरुमा क्रमश अनिता खनाल, लिल बहादुर बि.क., यदुनाथ शर्मा, तारा पौडेल, उमा शर्मा, बैजनाथ थारु, नेत्रप्रसाद खनाल र सीता कुमारी पोख्रेल निर्वाचित हुनुभएको छ ।
साथै अधिवेशन पूर्व बनको १८ औं वार्षिक साधारण सभा गरिएको थियो । साधारण सभामा समूहका सचिव रेखा खत्रीले समूहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष नेत्र प्रसाद खनालले आर्थिक वर्ष २०७५÷२०७६को कुल १३ लाख ९९ हजार बराबरको आय -व्यय सार्वजनिकीकरण गर्नु भएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष कमल वेव्वासेले नव निर्वाचित पदाधिकारीलाई वधाई दिनुका साथै सुझाव सहित सफल कार्यकालको शुभकामना दिनु भएको थियो । २ सय ६७ वन उपभोक्ता रहेको यो बन २ सय ३६ दशमलव ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
नवनिर्वाचित अध्यक्ष थापाले सामुदायिक बनको संरक्षणमा लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति : २० माघ २०७६ सोमबार ००:००  १२ : ३९ बजे