८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बनाउने होइन् जगदीशपुर गन्तव्य ? (हेनुहोस फोटोमा मनमोहक दृश्य)



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० का अवसरमा संसारका पर्यटकलाई आमन्त्रण गरिरहेको छ । विश्वका २० लाख पर्यटक नेपाल भित्त्राउने गरी सरकार लागि परेको छ । नेपालमा विश्वका चर्चित पर्यटकीयस्थलहरु त छदै छन्, देशभित्रका मनमोहक ठाउँहरु पनि छन् । त्यही मध्येको एक हो कपिलवस्तुको जगदीशपुर ताल ।

कपिलवस्तु नगरपालिका ९ र १० मा पर्ने जगदीशपुर ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो तालमा ११८ प्रजातिका चरा, आठ प्रजातिका उभयचर र तीन प्रजातिका सरीसृप पाइन्छन् । जैबिक विविधताले महत्वपूर्ण भएकै कारण यस जलासयलाई रामसार कन्भेन्सनअन्तर्गत सन् २००३ मा अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सूचिकृत गरिएको छ ।


विश्व सिमसार क्षेत्र जगदीशपुर ताल चराप्रेमीको लागि विशेष गरी राम्रो गन्तव्य हो । तालमा जाडोका बेला हजारौँ आगन्तुक चरा छपक्कै देख्न पाइन्छ । असोज दोस्रो साताबाट आउने चराहरू फागुन पहिलो साता र्फकन थाल्छन् । ताल आसपास घाँसे मैदानमा पाइने सानो दुर्लभ कासे घाँसे चरीदेखि उड्न सक्ने चरामा सबैभन्दा अग्लो दुर्लभ सारस यहाँ प्रशस्त छन् ।


तालमा सिमसारमा आश्रति ६१ र अन्य ५७ प्रजातिका गरी १ सय १८ भन्दा बढी प्रजातिका चरा पाइने नेपाल पक्षी संरक्षण संघको तथ्यांक छ । विश्वमै दुर्लभ चरामध्ये ११ भन्दा बढी प्रजाति सजिलै देख्न सकिन्छ। यहाँ साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमिनिस्तान र किर्गिस्तानलगायत मुलुकबाट चरा आइपुग्छन् ।


यहाँ हिउँदे प्रजातिका गडबाल, बिजुला गैरी र युरेसिया विजनदेखि हाँस प्रजातिका सुनजुरे, मालक र खडखगे प्रशस्त देखिन्छन् । त्यस्तै घाँसे मैदान मन पराउने ट्याकट्याके र टिकटिके, कैलो टाउके, सुडसुडिया, सिउरे डुबुल्की चरा र जलेवा पनि प्रशस्त देखिने गरेको चराविद् बताउँछन् । जाडोका बेला हिउँले आहार नपाउँदा चराहरू तीनदेखि पाँच दिन लगाएर यता आउँछन् ।
( हेर्नुहोस जगदीशपुर तालको फोटोफिचर)

प्रकाशित मिति : २० माघ २०७६ सोमबार ००:००  १२ : १२ बजे