८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुको चन्द्रौटामा लागूऔषध सहित २ जना पक्राउ



कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट २ जनालाई लागु औषध सहित पक्राउ गरिएको छ । आइतबार विहान प्रहरीले चेकजाँच गर्ने क्रममा दुइ जनाबाट लागु औषध बरामद गरेको हो ।
कृष्णनगरबाट बुटलव तर्फ जादै गरेका रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ९ निवासी बर्ष १९ का अनिल सुनार र सल्यान त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी बर्ष १८ का कुमार चलाउने बाट लागु औषध ट्रामोल १ सय ९० ट्याब्लेट, नाइट्रेट ७९ ट्याब्लेट बरामद गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख मोतिलाल योन्जनले जनाए । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको योन्जनले बताए ।

प्रकाशित मिति : १९ माघ २०७६ आइतबार ००:००  ७ : ४३ बजे