८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भारतद्धारा न्युजिल्यान्डविरुद्धको क्रिकेट शृंखला क्लिनस्विप



एजेन्सी ।
भारतले न्युजिल्यान्डविरुद्धको पाँच खेलको टीट्वेन्टी क्रिकेट शृंखला क्लिनस्विप गरेको छ । पाँचौँ तथा अन्तिम खेलमा आइतबार ७ रनको जित हात पारेको भारतले शृंखला ५-० ले हात पारेको हो । यसअघि भारतले तेस्रो र चौथो खेल सुपर ओभरमा जितेको थियो ।

अन्तिम खेलमा पहिला ब्याटिङ गरेको भारतले एक सय ६४ रनको लक्ष्य दिएको थियो। भारतका कप्तान रोहित शर्माले ६०, केएल राहुलले ४५ र श्रेयस अयरले ३३ रन बनाए । न्युजिल्यान्डले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५६ रन जोड्यो ।

न्युजिल्यान्डका रोस टेलरले ५३ र टिम सेइफर्टले सर्वा्धिक ५० रन बनाए। १४ ओभरमा चार विकेट गुमाएर एक सय १९ रन जोडेको घरेलु टोली न्युजिल्यान्ड त्यसपछि लगातार दबाबमा आएको थियो । भारतका जसप्रित बुमराहले तीन तथा नवदीप सैनी र सार्दुल ठाकुरले दुई दुई विकेट हात पारे ।

बुमराहले चार ओभरमा एक मेडन राखेर १२ रन खर्चिए। सैनीले पनि चार ओभरमा २३ रनमात्र दिए ।

Image may contain: one or more people, people playing sport and outdoor

प्रकाशित मिति : १९ माघ २०७६ आइतबार ००:००  ७ : ३० बजे