८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेकपाकै सांसदले मागे सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकै सांसदले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किँरातीले सञ्चारमन्त्री बाँस्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामाको माग गरे। ‘सरकारका प्रवक्ताले मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० जुनसुकै हालतमा पास हुन्छ। चाह्यो भने देशका नेताहरुलाई अमेरिकाले सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ’, उनले भने।

राष्ट्रियता स्वाधिनतामाथि आफ्नै सरकारका प्रवक्ताले ग्रहण लगाउन खोजेको उनको आरोप छ। सञ्चारमन्त्रीको अभिव्यक्ति लेण्डुप दोर्जे प्रवृतिको भएको भन्दै उनले आपत्ति जनाए । ‘लेण्डुप दोर्जे प्रवृति आत्मसमर्पण प्रवृतिकोविरुद्धमा आपत्ति प्रकट गर्न चाहान्छु र उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहान्छु’, उनले भने।

प्रवक्ता बास्कोटाले एमसीसीको विषयमा गत बिहीबार गलत हल्ला फैलाइएको बताउँदै भनेका थिए, ‘अमेरिकाले चाह्यो भने जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ। नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता पर्दैन। अस्ति इरानमा देख्नुभएन कसलाई हानेको?’

सांसद भीम रावलले एमसीसीको विषयलाई धेरैले प्रतिष्ठाको विषय बनाएर राष्ट्रहित र स्वार्थभन्दा निजी धारणा राख्ने गरेको बताए। राष्ट्रियहितमा हुनेगरी अगाडि बढ्नुपर्ने उल्लेख गर्दै रावलले समितिमा गहन अध्ययनको आवश्यकता औंल्याए।

प्रकाशित मिति : १९ माघ २०७६ आइतबार ००:००  २ : १३ बजे