८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनको लखनउमा गोली हानी हत्या



काठमाण्डौ ।
उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या गरिएको छ ।
प्रदेश अध्यक्ष रणजीत बच्चन आफ्ना भाइसँग आइतबार बिहान ‘मर्निङ्ग वाक’ मा गएका बेला राजधानी लखनउ नजिक हजरतगञ्ज इलाकामा उनको गोली हानेर हत्या गरिएको हो ।
घटनामा रणजीतका भाइलाई पनि गोली हानिएको थियो र उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

लखनउका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाका अनुसार ‘आइतबार बिहान ६ बजेको समयमा रणजीत बच्चन आफ्ना भाइसँग मर्निङ्ग वाकमा निस्किएका थिए । हजरतगञ्ज इलाकाको सीडीआरआई नजिक केही बदमास समूहले उनको टाउकोमा गोली हानेर हत्या गरे ।’
रणजीत बच्चनको हत्या भएको क्षेत्र लखनउको निकै महत्वपूर्ण इलाका हो । यो क्षेत्रमा विधान सभा, सचिवालय र सबै सरकारी भवनको अलावा प्रमुख अधिकारी र मन्त्रिको आवास क्षेत्र हो ।

प्रकाशित मिति : १९ माघ २०७६ आइतबार ००:००  १ : ३३ बजे