७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

पार्टीको ताल देख्दा जोगी बन्न मन लाग्छः राजेन्द्र राई



काठमाडौं ।
नेकपा केन्द्रीय सदस्य राजेन्द्र राईले पार्टीका नेताहरुको ताल देख्दा जोगी बनेर हिँड्न मन लागेको बताएका छन् ।

जारी केन्द्रीय कमिटीको बैठकमा आफ्नो समूहको तर्फबाट धारणा राख्दै यस्तो बताएका हुन् ।


उनले भने, “पार्टीका नेताको ताल देख्दा ३, ४ वटा कमण्डलु बोकेर जोगी भएर हिँड्न मन लाग्छ । न पार्टी छ न संगठन । त न पार्टीले केही कार्यक्रम लिएर हिँड्न सकेको छ । यस्तो अवस्थामा जोगी बन्नुको के विकल्प हुन्छ ?”

प्रकाशित मिति : १८ माघ २०७६ शनिबार ००:००  ६ : ०० बजे