७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

विपन्न विद्यार्थी पढाउन रेसुङ्गा नगरपालिकाको सहयोग



गुल्मी ।
जिल्लाको रेसुंगा नगरपालिकाले रेसुंगा माध्यमिक बिधालयमा अध्ययन गर्ने ६५ जना विपन्न विद्यार्थीहरुको अध्यनमा सघाउन दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
विद्यालयको प्राथमिक तहमा अध्ययन गर्ने ३७ जना विद्यार्थीहरुका लागि जनही दूईहजार सात सय पचास रुपैयाँका दरले र माध्यमिक तहमा अध्ययन गर्ने २८ जना विद्यार्थीका लागि जनही तीन हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले जानकारी दिए ।
विद्यालयमा अध्ययन गर्ने विपन्न, दलित र जेहेन्दार विद्यार्थीहरु आर्थिक रुपमा कमजोर भएतापनि शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ आर्थिक सहयोग गरिएको रेसुंगा नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।
आर्थिक अभाबकै कारण विद्यार्थीहरुले बिचैमा कक्षा छाडने गरेकाले उनीहरुलाई निरन्तर रुपमा विद्यालयमा ल्याउनका लागि यसले ठूलो टेवा पुग्ने नगरपालिकाले दाबी गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७६ शनिबार ००:००  ५ : ४५ बजे