मायादेवी अनलाइन, तौलिहवा ।
पदीय जिम्मेवारी पूर्वक काम गर्न नपाएको भन्दै सचिवले राजीनामा दिए पछि नेपाल नेत्र ज्योती संघ तौलिहवाको विवाद सतहमा देखिएको छ । बेला बेला विभिन्न विवादले चर्चा पाउँदै आएको नेत्र ज्योती संघ तौलिहवाको विवाद अहिले आएर छताछुल्ल भएको हो ।
लामो रस्साकस्सीका बीच यसै बर्ष संघको अधिवेशन भएको थियो । अधिवेशनमा सचिव पदमा निर्वाचित भएका श्रीवास्तवले विहीबार स्वतन्त्र ढंगले काम गर्न नसकेको भन्दै राजीनामा घोषणा गरेका छन् । उनी पत्रकार पनि हुन् ।
श्रीवास्तवले बुझाएको राजीनामा स्वतन्त्रपूर्वक काम गर्न नपाएको उल्लेख गरेका छन् । शाखाको सचिवबाट राजीनामा दिएपनि उनले शाखाको सदस्यमा बस्ने भने पत्रमा स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका रमेश शर्मा संघको सभापति छन् । शर्मा पूर्व जिविस सभापति भएका व्यक्ति हुन् । उनले संघलाई एकलौटी तरिकाले अगाडी बढाएको भन्दै विवाद देखिएको छ ।
सचिव श्रीवास्तवले बुझाएको राजीनामा पत्र ।
प्रतिक्रिया