७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

स्कूल बसले ठक्कर दिदा १८ महिने शिशुको निधन



दाङ ।
दाङमा स्कुल बसको ठक्करबाट एक १८ महिने शिशुको ज्यान गएको छ । दाङको लमहीमा रहेको गोरखा मोडेल लमहीको स्कुल बसको बसको ठक्करबाट लमही नगरपालिका वडा नं। ६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिनाकी छोरी सफिना खातुनको मृत्यु भएको छ ।
गोरखाको रा १ ख १०२८ नम्बरको स्कुल बस विद्यार्थी छोड्न आएको समयमा उक्त बसले खेल्दै गरेकी खातुनलाई ठक्कर दिएको दाङ प्रहरीले बताएको छ । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६ शुक्रबार ००:००  ८ : ०४ बजे