बाबुराम रायमाझी, वाणगंगा ।
बाणगंगा साहित्यिक प्रतिष्ठानले अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगीता राखेको छ ।
नगरको वडा नं. ८ लौगाईस्थित वाणगंगा माविमा भएको प्रतियोगितामा वाणगंगा नगरपालिका ९ स्थित सगरमाथा विधा मन्दिर भलवाड प्रथम भएको छ ।
सिद्धार्थ मावि बुङ्गची द्धितिय, अन्नपूर्ण विद्या मन्दिर कोपवा तृतिय स्थान प्राप्त गरेका छन् । यस्तै हेमराज मावि हथौसा सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।
विजेता टिमलाई क्रमशःप्रथमलाई नगद २५ सय द्धितियलाई २ हजार, तृतियलाई १ हजार ५ सय र सान्त्वनालाई १ हजार नगद र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा नगरका २० माविको सहभागिता रहेको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षा शाखा अधिकृत खिम बहादुर जिसिले वाणगंगा नगर क्षेत्रमा रहेका साहित्यप्रेमी, सिर्जनशिल तथा प्रतिभावान बिद्यार्थीहरुको पहिचान गर्ने र प्रोत्साहित गर्ने उद्धेश्यले नगरपालिकाले नगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई सहभागी गराएको कुरा बताएका थिए ।
कार्यक्रममा श्रोत व्यक्ति कविराज भण्डारी, वाणगंगा मावि लौगाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ पौडेल संस्थाका अध्यक्ष नित्यानन्द पाण्डे, सचिव दिपक कुवँर लगायतले आ–आफ्नो धारणा राख्दै शुभकामना दिएका थिए ।
१७ माघ २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया