७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

चराउन ल्याएका २ सय भेडा मरे, किसान चिन्तित



दाङ ।
रुकुमबाट दाङमा चराउन ल्याएका भेडाहरू मर्न थालेपछि किसानहरू चिन्तित भएका छन् । पूर्वी रुकुमका उत्तरी भेगमा प्राय हिउँ पर्ने हुँदा त्यहाँ पशुपालक किसानहरू चिसो छल्नको लागि दाङको घोराहीमा गत पुसको अन्तिममा भेडा बाख्रा लिएर पूर्वी रुकुमको भुमे गाउँपालिका १ लुकुमका ४ जना भेडापालक किसानहरू आएका थिए ।
उनीहरूले विगत वर्षहरूमा रुकुमको दक्षिणी भेगमा बथान सारेर हिउँदभर राख्ने गर्दथे । यो वर्ष चरन राम्रो हुने, चिसो धेरै नहुने भन्दै गत पुस २९ गते मात्रै दाङको घोराही उपमहानगरपालिका १९ को पाँच पोखरीमा आइपुगेको भेडापालक किसान प्रेमबहादुर पुनले बताए ।
करिब २ महिनाअघि प्रेमबहादुरसहित भेडाको बथान लिएर हिँडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हुँदै घोराही उपमहानगरपालिका १९ को पाँच पोखरीमा आई पुगेका थिए ।
उनीहरूको यो पुर्ख्यौली पेशा हो । भेडा बाख्राबाटै उनीहरूको दैनिकी चलेको छ । तर, केही दिनयता अचानक भेडाहरू मर्न थालेपछि उनीहरू चिन्तित भएका छन् । बितेको २ हप्तामा ४ सयभन्दा बढी भेडामध्ये करिब २ सय बढी मरेको उनीहरूको भनाइ छ। दैनिक जसो १०र१२ वटासम्म भेडा मर्ने गरेको प्रेम बुढाले बताए ।

प्रकाशित मिति : १७ माघ २०७६ शुक्रबार ००:००  ६ : ५० बजे