१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

नेताको नामका सबै प्रतिष्ठान र फाउण्डेसन खारेज गर्न नेकपा केन्द्रीय सदस्यको माग



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समितिको बैठकमा नेताका नाममा स्थापना गरिएका सबै प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्र बन्द गर्नुपर्ने माग उठेको छ । केन्द्रीय कमिटीको समूहगत छलफलमा अधिकांश युवा नेताहरू यस्ता प्रतिष्ठान र फाउण्डेसन बन्द गर्नुपर्ने पक्षमा उभिएका हुन् । उनीहरूले पार्टीभित्र गुटबन्दी बढाउने र नेताहरूबीच फाटो ल्याउन यस्ता प्रतिष्ठानहरूले मुख्य भूमिका खेलेको भन्दै जारी बैठकबाट खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

‘गुट निर्माण गर्ने यिनै प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्र हुन्, यी सबै बन्द भए मात्र पार्टी गतिलो हुन्छ भनेर सुझाव आएको पनि छ मैले पनि त्यही भनेको छु,’ समूहगत छलफलका टोली नेतासमेत रहेका केन्द्रीय सदस्य राजेन्द्र राईले भने ।
अर्का केन्द्रीय सदस्य झपट रावलले पनि प्रतिष्ठानका नामका गुटवन्दीले पार्टीका कार्यकर्तालाई सताउने काम गरेकाले खारेज गर्नुपर्ने माग राखेको बताए ।
नेकपाभित्र तुल्सीलाल स्मृति प्रतिष्ठान, मदन भण्डारी फाउण्डेसन, मदन भण्डारी स्पोर्ट्स फाउण्डेसन, पुष्पलाल स्मृति प्रतिष्ठान, साहना प्रतिष्ठान, झलनाथ खनाल प्रतिष्ठान, माक्र्सवाद अध्ययन केन्द्र र मदन भण्डारी अध्ययन केन्द्रलगायतका फाउण्डेसन, प्रतिष्ठान र केन्द्र अस्तित्वमा छन् ।

प्रकाशित मिति : १७ माघ २०७६ शुक्रबार ००:००  ४ : २६ बजे