पाल्पा ।
प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका राप्ती ब्युरो सचिव बालकृष्ण शर्मा र दाङ जिल्ला सेक्रेटरी प्रदीपबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिर आसपास चेकजाँचका क्रममा सल्यान कुमाख गाउँपालिकाका ३८ वर्षीय शर्मा र दाङको तुलसीपुरका उपमहनगरपालिका ३९ ओलीलाई पाल्पा प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला प्रशासन कार्यालय पाल्पाबाट अभद्र व्यवहार कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१७ माघ २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया