लन्डन ।
इङ्लिस प्रिमियर लिगको जारी सिजनमा आफ्नो अपराजित यात्रा २४ खेल र्पुयाएसँगै ‘लिग लिडर’ लिभरपुलले आफ्नो निकट्तम प्रतिद्वन्द्वीसँग १९ अंकको अग्रता हासिल गरेको छ । लिभरपुलले बुधबार राति खेलिएको आफ्नो पछिल्लो खेलमा वेस्टहाम युनाइटेडमाथि २-० गोलको जित हासिल गरको हो ।
लिभरपुलले खेलको दुवै हाफमा एक-एक गोल र्गयो। खेलको ३५औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । ५२औं मिनेटमा एलेक्स अक्सलेड च्याम्बरलिनले टोलीका लागि दोस्रो गोल थपे । जारी सिजनको लिगतमा लिभरपुलको यो २३औं जित हो । लिभरपुल एक खेलमा भने बराबरीमा रोकिएको थियो ।
लिभरपुल ७० अंकसहित तालिकाको पहिलो स्थानमा छ । समान खेलबाट ५१ अंक बटुलेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा आसीन छ । यसैगरी ४८ अंकसहित लेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो र ३४ अंकसहित म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा छन् ।
लिगमा लिभरपुलको यो लगातार १५औं जित हो । समग्रमा भने प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा ४१ खेल र्पुयाएको छ । यसबीचमा लिभरपुलले ३६ खेलमा जित र पाँच खेलमा बराबरीको नतिजा निकालेको छ । माथिल्लो श्रेणीको इङ्लिस लिगमा यो तेस्रो लामो अपराजित यात्रा हो ।
यसअघि सन् २००४ को अक्टोबरमा आर्सनल ४९ खेल र सन् १९७८ को नोभेम्बरमा नटिङ्घम फरेस्ट ४२ खेलसम्म अपराजित रहेको थियो । इङ्लिस प्रिमियर लिगको इतिहासमा यसअघि कुनै पनि टोलीले २४ खेल खेलेर ७० अंक जोड्न सकेको थिएन ।
लिभरपुलको प्रशिक्षकका रूपमा योर्गेन क्लोपको यो एक सय ५०औं जित हो। सबै प्रतियोगितालाई मिलाउँदा प्रशिक्षक क्लोपले लिभरपुलका लागि एक सय ५० जित, ५८ बराबरी र ३९ हारको नतिजा निकालेका छन् । एजेन्सी
प्रतिक्रिया