७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

चार बिद्यालयका बालबालिकालाई साढे नौ सय झोला बाँडियो



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ स्थित चार बिद्यालयका नौ सय ५२ बालबालिकालाई झोला बाँडिएको छ । बिद्यालय निरन्तरताका लागि वडा कार्यालयले बिद्यालयमा बालबालिकालाई टिकाई राख्न बाल विकास देखि कक्षा ८ सम्म अध्ययरत बिद्यार्थीलाई झोला बाँडेको हो ।
धर्मभक्त निमावि बभनीमा ३ सय ५३, महादेब प्राबि दलदलामा अध्ययरत १ सय ८७ गोटीहवामा रहेको कोटीग्राम माबिमा ३ सय ८३ र चेतना बालबिकास केन्द्र कपीहवाका २९ बालबालिकालाई झोला बाँडिएको हो ।
नगर प्रमुख किरण सिंह र वडा अधयक्ष दिरेप चौधरीले संयुक्त रुपमा झोला बाँडेका थिए । सो अवसरमा मेयर सिंहले सरकारी बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई बिद्यालयमा टिकाई राख्ने कार्य चुनौतीपूर्ण रहेको बताए । उनले अभिभावकहरुले समेत आफ्ना नानीबावुको पढाई कस्तो छ चासो लिनु पर्ने बताए । उनले नगरपालिकाले शिक्षा क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको बताए ।
सो अवसरमा वडा अध्यक्ष चौधरीले आफ्ना वडामा रहेको सरकारी बिद्यालयको विकासमा आफ्नो विशेष चासो रहेको बताए । बिद्यार्थीहरुलाई अध्ययनमा रुची जगाउन प्रोत्साहन स्वरुप झोला बाँडिएको बताए । झोला बितरणका लागि कुल ५ लाख बजेट बिनियोजन गरिएको छ । झोला पाएका बिद्यार्थीहरु दंग परेका छन ।

प्रकाशित मिति : १६ माघ २०७६ बिहिबार ००:००  ७ : ४८ बजे