मायादेवी अनलाइन, चारनम्बर ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । कपिलवस्तुभर विहीबार विभिन्न कार्यक्रम गरी सरस्वती पूजा गरिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका-४ सिद्धिपुरमा अवस्थित होराइजन माविमा सहिद दिवस मनाउनुका साथै सरस्वती पुरा गरिएको छ । विद्यालयले सहित सप्ताह अन्तरगत विभिन्न कार्यक्रमहरु गरेको थियो ।
विद्यार्थीको अन्तरनिहित क्षमता प्रष्फुटन गराउन आयोजना गरिएका विभिन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई विहीबार सम्मान गरिएको छ । यसका साथै विद्यालयमा विहीबार विद्यार्थीले सरस्वती पूजा गरेका छन् । विहीबारको दिन विद्यालयमा अक्षरारम्भ कार्यक्रम पनि राखिएको थियो । जस अन्तरगत विद्यार्थीहरु भर्ना भएको प्राचार्य बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रम नारायण दल गण गोरुसिंगेका प्रमुख सेनानी तुरुङ्दे आङदेम्बेको प्रमुख आतिथ्य, सल्लाहकारद्धय हिमलाल पौडेल, रविराज ज्ञवालीको विशिष्ट आतिथ्यमा भएको हो । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक पदम ढुङ्गानाले गर्नुभएको हो ।
वडा नं. ७ कोइली बनगाईमा रहेको पारिजात माविमा पनि भव्य कार्यक्रमका बीच सरस्वती पूजा गरिएको छ । हजारौं विद्यार्थी, सयौं अभिभावक र दर्जनौं शिक्षकको उपस्थितीमा पूजा गरिएको विद्यालयले जनाएको छ । हरेक बर्ष सरस्वती पूजाको दिन यस्तै कार्यक्रम आयोजना गर्दै आएको र यस बर्ष पनि निरन्तरता दिएको प्रिन्सीपल कृष्ण केसीले जानकारी दिनुभयो । उक्त अवसरमा नव आगन्तुक बाबलबालिकालाई अक्षराम्भ गराइएको थियो ।
वडा नं. ४ गजेहडामा अवस्थित बालज्योती अंग्रेजी आवसीय माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम गरिएको छ । सरस्वती पूजाको अवसरमा विहान विद्यालयमा पूजाआजा गरिएको थियो भने आजबाट विद्यालय जाने बालबालिकालाई अक्षरारम्भ गराइएको थियो ।
सरस्वती पूजाको दिन बालबालिका भर्ना भएका प्रिन्सीपल सर्बेन्द्रदेव खनालले जानकारी दिनुभयो । आजको दिन अक्षरारम्भ गराउदा पढाई राम्रो हुने भएकाले बालबालिकालाई भर्ना गरिएको अभिभावकले बताएका छन् ।
वडा नं. २ राजपुरमा रहेको ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा पनि विहीबार सरस्वती पूजा गरिएको छ । जिल्लामै पहिलो अन्तर्राष्ट्रिय आइएसए अवार्ड प्राप्त गर्न सफल उक्त विद्यालयमा पनि बालबालिकाले अक्षरारम्भ गरेको प्रिन्सीपल रोमकान्त घिमिरेले जानकारी दिनुभयो ।
वडा नं. १ बैरियामा अवस्थित आवर विज्डममा पनि विहीबार सरस्वती पूजा गर्नुका साथै अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । सरस्वती पूजाको दिन अक्षरारम्भ गर्दा राम्रो हुने भन्दै यस दिन धेरै विद्यालय भर्ना हुने गरेको प्रिन्सीपल नारायण शर्माले बताउनुभयो ।
हिलवर्ट इंलिस बोर्डिङ स्कुल पिपरामा पनि सरस्वती पुजा गरिएको छ । स्कूल परिषरमा ठूलै जग्गेको आयोजना गरी गरिएको सरस्वती पूजामा नव आगुन्तुक बालबालिकालाई अक्षरारम्भ गराइएको प्रिन्सीपल कमल पौडेलले जानकारी दिनुभएको छ ।
वडा नं. १० ओदारीमा रहेका लिटिल स्टार बोर्डिङ स्कुल, स्काईलार्क बोर्डिङ स्कूलवडा नं. २ पिपरामा रहेको नमुना सामुदायिक विद्यालय जनता मावि, वडा नं. ४ गजेहडामा रहेको वाणगंगा मावि, वडा नं. ५ का रहेका ज्ञानज्योती शिक्षा सदन, अन्नपूर्ण विद्या मन्तिर, वडा नं. ८ बोडगाउँमा रहेको चिल्डे«न प्याराडाइज लगायतका अरु विद्यालयमा भब्य कार्यक्रमका बीच सरस्वती पूजा गर्नुको साथै अक्षरारम्भ गरिएको विद्यालयहरुले जनाएका छन् ।
प्रतिक्रिया