एजेन्सी ।
स्पेनिश क्लब बार्सिलोनाले आफ्ना स्टार खेलाडी इभान राकिटिकलाई बेच्ने योजना बनाएको छ ।
बार्सिलोनाका मिडफिल्डर राकिटिकप्रति म्यानचेस्टर युनाइटेडले चासो देखाएको बताइएको छ ।
बार्सिलोनाले खेलाडी बेच्ने निर्णय गरेसँगै बेच्ने खेलाडीको पहिलो नम्बरमा राकिटिकको नाम आएको छ । युनाइटेडका प्रशिक्षक गुनर पनि राकिटिकलाई अनुबन्धित गर्नका लागि इच्छुक देखिएका छन् ।
बार्सिलोनामा ६ वर्ष बिताइसकेका क्रोएशियाका ३१ वर्षीय राकिटिक बार्सिलोनाका पुराना खेलाडी हुन् । बार्सिलोनाको साथमा उनले २९० खेलमा ३४ गोल तथा ३९ असिस्ट गरेका छन् ।
एजेन्सीका अनुसार युनाइटेडले मिडफिल्डर राकिटिकका लागि बार्सिलोनासँग वार्ता थालिसकेको छ । राकिटिकले बार्सिलोनासँग २०२१ सम्मका लागि सम्झौता गरेका छन् तर दुई क्लबको सहमतिमा उनले क्लब छाड्न सक्नेछन् ।
प्रतिक्रिया