७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

साहित्यकार अर्जुन ‘शर’को विवश–दिवस मुक्तक संग्रह बजारमा



मायादेवी अनलाइन, चारनम्बर ।
साहित्यकार तथा कवि अर्जुन ‘शर’ले विवश–दिवस मुक्तक संग्रह बजारमा ल्याउनुभएको छ । शहीद दिवस तथा सरस्वती पूजाको अवसरमा वाणगंगा सामुदायिक पुस्तकालयद्धारा चारनम्बरमा आयोजित कार्यक्रममा उक्त मुक्तक संग्रहको विमोचन गरिएको हो ।
साहित्यकारहरु हरिराज शर्मा ‘ह्रास’, ऋषिकेशव भारद्धाज, विष्णु घर्ती ‘भनभनेली’ लगायतले मुक्तक संग्रहको विमोचन गर्नुभएको थियो ।
प्रगतिशिल लेखक संघ कपिलवस्तुका अध्यक्ष समेत रहनुभएका अर्जुन ‘शर’द्धारा लिखित उक्त संग्रहमाथि सिद्धार्थ क्याम्पसका उपप्रध्यापक दिलु श्रेष्ठले समिक्षा गर्नुभएको थियो । पुस्तकमाथि समिक्षा गर्दै उहाँले मुक्तक संग्रह समग्रमा उत्कृष्ट रहेको चर्चा गर्नुभयो । मुक्तकमा प्रगतिशिल विचार प्रकट भएको भन्दै यो मुक्तक पढ्ने जो कोहीको मनबाट ‘वाह’ भन्ने भाव व्यक्त हुने जिकिर गर्नुभयो ।
शिवगढी साहित्य संगमद्धारा प्रकाशित यो मुक्तक संग्रहमा साहित्यकार खगेन्द्र गिरी कोपिलाले भूमिका लेख्नुभएको छ । दुई सय रुपैयाँ मूल्य पर्ने उक्त मुक्तक संग्रह बजारमा उपलब्ध छ ।
दाङ जन्मिएर कपिलवस्तुको शिवपुरमा कर्मथलो बनाउनुभएको अर्जुन ‘शर’ जिल्लाका चर्चित कवि हुनुहुन्छ । उहाँले यस भन्दा अगाडी ‘अर्जुनका शरहरु’ गद्य कविता संग्रह, ‘कोसेली’ संयुक्त मुक्तक संग्रह, ‘शुभारम्भ’ संयुक्त गजल संग्रह बजारमा निकाली सक्नुभएको छ । साहित्यका प्राय सबै विधामा कलम चलाउन रुची राख्ने अर्जुनका आधा दर्जन गीतमा आवाज तथा शब्द लेख्नुभएको छ ।
उहाँका चेतनामूलक अपाङ्गता गीत ‘ब्यूझ, प्रकृतीले, कौडी भनी, उपज्ञा एल्बम पनि निकाल्नुभएको छ । साथै उहाँका केही आधुनिक फुटकर गीत पनि छन् ।

प्रकाशित मिति : १६ माघ २०७६ बिहिबार ००:००  १ : ५० बजे