काठमाडौं ।
नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा राजीव ढुंगानालाई अध्यक्षमा नियुक्त गरेको छ । पार्टीले नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा नेविसंघ काठमाडौंका अध्यक्ष मनोज बैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई मनोनयन गरिएको छ ।
ढुंगाना नेतृत्वको तदर्थ समितिलाई आगामी ६ महिनाभित्र नेविसंघको १२औं केन्द्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।
२९ माघ २०७५ मा नैनसिंह महर नेतृत्वको नेविसंघ विघटन भएपछि नेविसंघ नेतृत्वविहीन थियो ।
१६ माघ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया