काठमाडौँ ।
भारतले न्यूजिल्यान्डसँगको तेस्रो ट्वान्टी–२० सुपर ओभरमा जितेको छ । २० ओभरको खेलमा दुवै टिमले १७९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
पहिला ब्याटिङ गरेको भारतले ५ विकेट गुमाउदै १७९ रन बनायो। १८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ विकेट गुमाएर १७९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।
सुपर ओभरमा पुगेपछि पहिला ब्याटिङ् गरेको न्यूजिल्यान्डले १७ रन बनायो। भारतले बलिङ गर्न मैदानमा उतारेका तीव्र गतिका बलर जसप्रित बुम्राहलाई मार्टिन गुप्तिलले ५ र केन विलियम्सनले ११ रन प्रहार गरे भने एक रन लेग बाइमा आयो। जवाफमा १८ रनको लक्ष्य पछ्याएको भारतले ६ बल नै खेलेर २० रन बनायो।
बलिङका लागि न्यूजिल्यान्डले मैदानमा उतारेका तीव्र गतिका बलर टीम साउथीलाई ब्याटिङमा आएका भारतका रोहित शर्माले १५ र केएल राहुलले ५ रन प्रहार गरे । शर्माले पहिलो बलमा २, दोस्रो बलमा १ तथा पाँचौ र छैटौं बलमा ६/६ रन प्रहार गरे भने राहुलले तेस्रो बलमा ४ र चौथो बलमा १ रन प्रहार गरे।
टस हारेर ब्याटिङमा आएको भारतका लागि ४० बलमा ६५ रन बनाउनु बाहेक अन्य खेलाडीले अर्धशतक बनाउन सकेनन्। बलिङमा न्यूजिल्यान्डका हामिस बेन्नेटले ३ तथा कोलिन डे ग्राण्डहोम र मिचेल सान्टेरले १र१ विकेट लिए।
न्यूजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४८ बल खेलेर ९५ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्। बलिङमा भारतका सार्दुल ठाकुर र मोहम्मद सामीले २र२ विकेट लिए।
प्रतिक्रिया