काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको तस्बिर हटाउन माग गरिएको छ । आयोजकले बैठकको दायाँ र बायाँ अध्यक्षद्वय ओली र दाहालको फ्लेक्स तस्बिर राखेका छन् ।
बैठकमा केन्द्रीय सदस्य राजेन्द्र राईले अध्यक्षद्वयको तस्बिर हटाउन माग गर्नुभएको हो । ‘पार्टीमा सबैलाई कमरेड भन्ने गरिन्छ’ बैठकमा युवा नेता राईले भन्नुभयो, ‘कमरेड भनेको साथी हो । भूमिका र जिम्मेवारी फरक फरक भए पनि पार्टीमा सबै समान छन् । त्यही भएर सबैलाई कमरेड भन्ने गरिएको हो ।’
पार्टीले केही दिनअघि मात्र कसैलाई पनि त र तिमी भन्न नपाउने आचारसंहिता जारी गरेको छ । पार्टीले सबैलाई समान ठानेपछि बैठकमा अध्यक्षद्वयको तस्बिर राख्न उपयुत्तः नहुने युवा नेता राईको भनाई छ । ‘पार्टीले सबैैलाई समान मानेको छ, त र तिमी भन्ने नपाउने आचारसंहिता समेत लागू भइसकेको छ’ उहाँले भन्नुभयो, ‘बैठकमा अध्यक्षद्वयको तस्बिर किन राखियो ? बैठकबाट अध्यक्षद्वयको तस्बिर हटाइयोस् ।’
प्रतिक्रिया