८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

(नेकपा) को राष्ट्रिय महाधिवेशन २०७७ चैत्त २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव



काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी–नेकपा केन्द्रीय कमिटीको बैठक आजदेखि काठमाण्डौमा सुरु भएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिबेदन प्रस्तुत गर्नुभएको छ । बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिबेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय गरिएको छ ।

यसैगरी बैठकमा नेकपाका प्रदेश कमिटीका अध्यक्षहरुले आफ्नो प्रदेशका संगठनात्मक कामको रिपोर्टिङ गर्नुहुने छ ।

तात्कालिन नेकपा एमाले र तात्कालिन नेकपा माओबादी केन्द्रबीचबीच २०७५ साल जेठ ३ गते पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी भएपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो ।

अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिबेदनमा पार्टीको राष्ट्रिय महाधिवेशन २०७७ साल चैत्र २५ देखि ३० गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।

राष्ट्रिय महाधिवेशन अघि २०७७ साल भदौदेखि मंसिरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव पनि गरिएको छ ।

राजनीतिक प्रतिवेदनमा २०७७ साउन महिनाको दोश्रो हप्तामा जिल्ला कमिटीले आ–आफ्नो जिल्लाको अभियानमा समिक्षा गर्ने र प्रतिबेदन तयार गरी प्रदेश कमिटीमा पठाउने, साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समिक्षा गर्ने र प्रतिबेदन तयार गरी केन्द्रीय कमिटीमा पठाउने र साउन महिनाको चौथो हप्तामा केन्द्रीय कमिटीले समग्र अभियानको समिक्षा गर्ने र प्रतिबेदन पारित गर्ने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  ३ : ३२ बजे