८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विकासका नाममा हुने प्रकृति दोहन रोकौंः पूर्वराष्ट्रपति यादव



तनहुँ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा बुधबार पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै यादवले विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम भएकामा दुःख व्यक्त गरे । वनजङ्गल नेपालको सम्पत्ति भएकाले उनले वनजङ्गल जोगाउन सरकारलाई आग्रह गरे ।
विमानस्थल, राजमार्गलगायत निर्माण गर्दा वनजङ्गलको फँडानी भएको भन्दै पूर्वराष्ट्रपति यादवले भने, ‘पहाडमा जथाभावी डोजर लगाएर सडक बनाउने काम भएको छ, वैज्ञानिक अध्ययन नगरी वनजङ्गल मास्ने काम भइरहेको छ ।’ उनले चुरे संरक्षणका लागि आफूले पटक–पटक आवाज उठाउँदै आएको बताए पनि चुरे भएर राजमार्ग बनाउने तयारी भएको दुःखेसो गरे ।

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  २ : ०१ बजे