८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो तयार भइसकेको प्रधानमन्त्रीको दाबी



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अन्तरालमा देशले समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको बाटो समातेको बताएका छन् । उनले नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सरकार बनेको दुई वर्षमा मुलुकले अग्रगामी परिवर्तनको बाटो समातेको दाबी गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका उनले अहिल्यै समृद्धि हासिल भएको नभई यसको बाटोमा मुलुक गएकोमा ढुक्क हुन पनि आग्रह गरे ।
‘समृद्धि हासिल भएको होइन, बाटोमा छौं, हामी सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र रोक्ने बाटोमा छौं । बाटो खनिसक्यौं । तर, सबै पूर्वाधार तयार भइसके भन्ने पनि होइन । हाम्रो प्रयास यसमा निरन्तर छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले मुलुक संक्रमणकालमा भएका बेला वैचारिक स्पष्टताविना गन्तव्यमा पुग्न नसकिने भन्दै यो बैठकमा वैचारिक स्पष्टतासहित प्रस्तुत हुन नेताहरूलाई आग्रह पनि गरे ।

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  १ : ५७ बजे