८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

देशका अधिकांश क्षेत्रमा मौसम बदली, कति दिन होला यस्तो ?



काठमाडौँ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा बदली भएको छ । केही क्षेत्रमा बुधबार बिहान हल्का वर्ष समेत भएको छ ।
हाल देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो पश्चिम तथा मध्य भूभाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य बदली हुनेछ । यस्तै पूर्वी तराई भेगमा आंशिक बदली हुनेछ । पश्चिम र मध्य भूभागका धेरै स्थानमा र पूर्वी भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भूभागका अधिकांश स्थान र पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।
उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  ८ : २१ बजे