८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा दादुरा रुबेला खोप अभियान हुने



मायादेवी अनलाइन, तौलिहवा ।
मुुलुकमा सन २०२३ भित्र निवारण गर्ने लक्ष्य अन्र्गत कपिलवस्तुमा दादुरा रुबेला खोप अभियान संचालन गरिन भएको छ । आउने फागुन महिनामा एक महिने खोप अभियान संचालन हुनेछ । जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवामा राखेको दादुरा रुबेला खोप अभियान सम्बन्धमा जिल्ला स्तरीय खोप समन्वय बैठकमा सो जानकारी गराईएको हो ।
सो अवसरमा स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक योगेन्द्र भगतले दादुरा रुबेला रोगको निवारणका लागि फागुनमा खोप अभियान संचालन गरिने बताए । जिल्लाका १० वटै पालिकामा रहेका सरकारी स्वास्थ्य संस्था मार्फत अभियान चलाईने उनले बताए । जिल्लामा शिवराज, बुद्धभूमि र बाणगंगा नगरपालिका पूर्ण खोप नगरपालिका घोषणा भईसकेका छन् ।
अन्य ७ पालिलकालाई समेत पूर्णखोप खोप घोषणा गराई मुलुकलाई नै सन २०२३ भित्र दादुरा रुबेला निवारण गर्न अभियान चलाईने उनले बताए । अभियान अन्तर्गत जन्मेदेखि नौ महिना सम्मका ८९ हजार ५२१ जा बालबालिकालाई पोलयो थोपा र नौ महिना देखि ५९ महिना सम्मका ७६ हजार १ सय २३ बालबालिकालाई दादुरा रुबेला खोप दिने लक्ष्य ।
सो अवसरमा प्रजिअ दीर्घनारायण पौडेलले अभियान बारे ब्यापक प्रासंसा गर्नु पर्नेमा जोड दिए । उनले सबैले जिम्मेवारी बाँडफाँड गरी अभियानलाई सफल बनाउनु पर्ने बताए । यस्तै बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले अभियानलाई प्रभावकारी बनाउन सबैले हातेमालो गर्नु पर्ने बताए ।
खोप अभियानलाई प्रभावकरी बनाउन पालिका, शैक्षिक संस्था, उद्योग बाणिज्य संघ, रेडक्रस लगायतका निकायले समेत बिशेष पहल गर्नुपर्नेमा जोड दिईएको थियो । स्वास्थ्यकर्मीका अनुसार दादुरा रुबेला खोप पूर्णरुपमा सुरक्षित छ । बैठक जिल्ला समन्वय समितिका प्रमुख खनालको अध्यक्षता र विकास कुमार पाण्डेयको संचालनमा भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  ८ : १९ बजे