८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बिद्यालय निरन्तरताका लागि बालबालिकालाई झोला बाँडियो



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ स्थित महादेब आधारभूत विद्यालय दलदलामा अध्ययरत १ सय ८७ बालबालिकालाई झोला बाँडिएको छ । बिद्यालय निरन्तरताका लागि वडा कार्यालयले बिद्यालयमा बालबालिकालाई टिकाई राख्न बाल विकास देखि कक्षा ४ सम्म अध्ययरत बिद्यार्थीलाई झोला बाँडेको हो ।
नगर प्रमुख किरण सिंह र वडा अध्यक्ष दिरेप चौधरीले संयुक्त रुपमा झोला बाँडेका थिए । सो अवसरमा मेयर सिंहले सरकारी बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई बिद्यालयमा टिकाई राख्ने कार्य चुनौतीपूर्ण रहेको बताए ।
उनले अभिभावकहरुले समेत आफ्ना नानीबावुको पढाई बिद्यालयको बिषयमा चासो लिनु पर्ने बताए । उनले नगरपालिकाले शिक्षा क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको बताए । सो अवसरमा वडा अध्यक्ष चौधरीले आफ्ना वडामा रहेको सरकारी बिद्यालयको विकासमा आफ्नो विशेष चासो रहेको बताए ।
बिद्यार्थीहरुलाई अध्ययनमा रुची जगाउन प्रोत्साहन स्वरुप झोला बाँडिएको बताए । यस अघि गोटीहवामा रहेको कोटीग्राम माबिमा ३ सय ८३ झेला बाँडिसकेको उनले बताए । धर्मभक्त आधारभूत विद्यालय बभनीमा ३ सय ५३ र चेतना बालबिकास केन्द्र कपिहवाका २९ बालबालिकालाई समेत झोला बाँडिने छ । झोला बितरणका लागि कुल ५ लाख बजेट बिनियोजन गरिएको छ । झोला पाएका बिद्यार्थीहरु दंग परेका छन ।

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  ८ : १३ बजे