गुल्मी ।
गुल्मी जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । मुद्दा फर्छ्यौटको हिसाबले गुल्मी जिल्ला अदालत प्रदेश ५ मा उत्कृष्ट रहेको अदालतले दाबी गरेको छ । अदालतका अनुसार अघिल्लो आर्थिकबाट जिम्मेवारी सरेका १६१ र नयाँ दर्ता भएका ३८८ गरी ५४९ मुद्दामा बार्षिक फैसला गर्नुपर्ने ३५५ मुद्दा छन् । माघ ६ गतेसम्म ३५० थानमा १५८ थान मुद्दा फर्छ्यौट भएका छन् ।
लक्ष्य अनुसार पुस मसान्तसम्म १५२ मुद्दा फर्छ्यौट गर्नुपर्थ्यो । तर अदालतले ६ थान मुद्दा बढी फर्छ्यौट गरेको छ । १९२ मुद्दा फर्छ्यौट गर्न बाँकी छन् । एक वर्ष नाघेका मुद्दाको संख्या ३३ रहेको गुल्मी जिल्ला अदालतका सूचना अधिकारी श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए ।
१५ माघ २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया