१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

आज नेपाल नर्सिङ दिवस, नर्सहरुका समस्या भने पुरानै



काठमाण्डौँ । सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरु वोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारीका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आँउछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आँउछ । आज माघको १५ गते । नर्स दिवस । तिनै ममतामयी सेवा दिने नर्सहरुको दिन ।

देशभर बिभिन्न चेतनामूल्क कार्यक्रम गरी मनाइदै छ । नर्सिगंको ईतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिपेक्ष्यमा नर्सहरुको महत्व अनि विकास धेरै भईरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा विर अस्पतालको स्थापना पछी स्वास्थ्य सहायकका रुपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्नसक्ने ब्यत्तिहरु मात्रै थिए, विर अस्पतालको ईतिहास पल्टाउदा उतिवेला ड्रेसिंग लगायत अन्य उपचारहरु कम्पाउन्डर या डाक्टर स्वंले गर्ने गर्दथे ।भने अहिले आएर धेरै स्वास्थ्य खुलेका छन् र त्यहाँ नर्सहरुले सेवा दिइरहेका छन् ।

नेपालमा नर्सिङ्ग सेवाको इतिहास पुरानै रहे पनि नर्सहरु स्वंयको अवस्थामा भने खासै सुधार देखिएको छैन । ६ दशकको नर्सिङ अभ्यासमा अझै पनि नर्सहरु सेवासुविधा लगायत व्यवसायिक सुरक्षाका लागि संघर्षरत छन् ।

विसं २०१३ सालमा नर्सिङ्ग स्कुलको स्थापना संगै नेपालमा यस्को अध्ययन अध्यापन सुरु भएको हो । नर्सिङ्ग कलेजको स्थापनासंगै यसप्रति अध्ययन गर्नेहरुको मोह मात्र बढेन, शहर बजारमा थपिएको निजी अस्पतालहरु संगै रोजगारीका अवसरहरु पनि सृजना भए । तर सेवारत नर्सहरुको अवस्थामा सुधार आएन । अहिले हजारौँ नर्सहरु आधिकारिक रुपमा नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएका छन् । ६ दशक भन्दा लामो इतिहास भएपनि नेपालमा नर्सहरुका समस्या भने पुरानै छन् ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने तथा २४ सै घण्टा विरामीहरुको स्याहार सुसारमा बिताउनु पर्ने उनीहरुको सेवासुविधामा भने सम्वन्धित निकायहरु सचेत छैनन् । अस्पतालहरुमा स्वंयसेवा गर्नुपर्ने, तलव भत्ताको कमी, नर्स प्यासेन्ट रेसियो लागू नहुनु नर्सहरुको पुरानै समस्या हो । सेवा सुविधासंगै व्यवसायिकताका लागि नर्सहरुको संघर्ष भने जारी छ । देशमा रोजगारीको उचित अवसर सृर्जना नहुनुले नर्सहरु विदेशीने क्रम बढ्दो छ । यसको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पर्न नदिन उचित ब्यवस्थापनका लागि सम्वन्धित निकाय समयमै गम्भीर हुन जरुरी छ ।

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  ६ : १३ बजे