काठमाडौं ।
प्रहरीले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्ने अनुमति पाएको छ । आजै छोड्ने तयारी गरेको प्रहरीले अन्तत प्रहरीलाई गाली गरेको अभियोगमा आस्थामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको अनुमति पाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
तर प्रहरीले उनीमाथि आजै अनुसन्धान प्रक्रिया सकेर रिहा गर्ने तयारी गरिरहेको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि ४ दिनको अनुमति पाए पनि उनीमाथि आजै अनुसन्धान सकेर प्रतिवेदन तयार पारी जिल्ला प्रशासन कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । आस्थामाथि एक साताअघि त्रिभुवन विमानस्थलहुँदै भद्रपुर जाने क्रममा त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको अभियोग छ ।
उनी आजै प्रहरी सम्पर्कमा पुगेकी थिइन् । त्रिभुवन विमानस्थलमा भएको विवादको विषयलाई लिएर आस्थाले आफ्नो फेसबुक लाइभमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक भएको थियो । आस्था र प्रहरी जवानबीचको विवादको सो भिडियोसमेत सार्वजनिक भएको थियो ।
प्रतिक्रिया