११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

एमसीसी पास गर्न हतार नगरौँः सभामुख सापकोटा




काठमाण्डौँ ।
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सरकारले हतार गर्न नहुने बताउनु भएको छ । एमसीसीबारे बहस भइरहेको सन्दर्भमा सभामुख सापकोटाले यसलाई पास गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिनुभएको हो ।

सोमबार सपथपछि पदभार ग्रहण गरेका सापकोटालाई एमसीसीबारे सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । जवाफमा उहाँले भने, यसबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्यनन गर्दै जाउँ न सबैले । यसलाई अहिले किन हतार गर्नुपर्‍यो र ।’

एमसीसीबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मत बाझिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित मन्त्रीहरु यो सम्झौता पास गर्नुपर्ने मत राखिरहेका छन् भने अन्य नेताहरुले अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको आशंका गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  २ : १७ बजे