११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

न्युजिल्याण्डमाथि भारतको लगातार दोस्रो जित



एजेन्सी ।
न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले दोस्रो टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेटमा सात विकेटको जित निकालेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै १ सय ३२ रनको सामान्य योगफल बनायो ।
न्युजिल्याण्डका लागि मार्टिन गप्टिल र टिम सेइफर्टले समान ३३ रन बनाए । त्यस्तै कलिन मुनरोले २६ रन जोडे ।
बलिङतर्फ भारतका लागि रविन्द्र जडेजाले चार ओभरमा जम्मा १८ रन दिँदै दुई विकेट लिए । त्यस्तै शार्दूल ठाकुर, जसप्रीत बुमराह र शिवम दुबेले एक–एक विकेट हात पारे ।
एक सय ३३ रनको लक्ष्य पछ्याएर मैदानमा छिरेको भारतले १७ दशमलव ३ ओभरमा तीन विकेट गुमाउँदै पूरा र्गयो ।
भारतका लागि लोकेश राहुलले अविजित ५७ रनको योगदान गरे । त्यस्तै मध्यक्रमका ब्याट्सम्यान श्रेयस अय्यरले ४४ रन बनाए । बलिङतर्फ न्युजिल्याण्डका लागि टिम साउथीले दुई विकेट लिँदा इश सोधीले एक विकेट हात पारे ।
पाँच खेलको टी–२० सिरिजमा भारत दुई–शून्यले अघि छ । यसअघिको खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  ८ : ११ बजे