बुटवल ।
हालै सम्पन्न निर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित गोपाल प्रसाद भट्टराईले कुनैपनि पद तथा व्यक्तिगत स्वार्थका लागि आफुले कहिल्यै राजनिति नगरेकोले अबको दिनमा पनि व्यक्तिगत फाईदा र स्वार्थमा नलाग्ने बताउनुभएको छ ।
आफ्नो पांच दशक बढि समय राजनितिक परिवर्तनको लागि लगाएपनि कहिल्यै पदको लोभ र माग नगरेको उल्लेख गर्दै उहांले अहिले पार्टिले दिएको जिम्मेवारी र राष्ट्रिय सभा सदस्यको यात्रालाई सहि मार्गमा लगाउने बताउनुभयो ।
तिलोत्तमा चेम्बर अफ कमर्सले आईतवार मणिग्राममा गरेको सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य भट्टराईले राजनितिक जिवनको उतर्राद्र्धमा आउंदै गर्दा भएपनि पार्टिका नेता, कार्यकर्ता र सुभेच्छुकले गरेको विश्वासलाई कहिल्यै धोका नदिने र सबैको शिर ठाडो हुने गरी आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहांले वर्तमान सरकार भ्रष्टाचार विरुद्ध जसरी अभिएको छ त्यसको सहयोगको लागि तिनै तहका सरकारको विचमा समन्वय र सहकार्य हुनु आवश्यक रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष झविन्द्र प्रसाद कडेंलले लामो समय पार्टि र संगठन निर्माणमा सक्रिय नेता भट्टराईको संसदिय यात्राको सफलताको शुभकामना दिनुभयो ।
संस्थाका कानुनी सल्लाहकार खुमाकान्त पौडेलले नेता भट्टराईलाई पार्टिले गरेको विश्वास र जिम्मेवारीले निरन्तर पार्टिमा लाग्ने निष्ठावान व्यक्तिको योगदानलाई पार्टिले भुल्दैन भन्ने कुराको पुष्टि गरेको बताउनुभयो ।
संस्थाका द्धितिय उपाध्यक्ष रामचन्द्र पाण्डेको संचालन तथा प्रथम उपाध्यक्ष बाबुलाल भुसालको स्वागतमा सम्पन्न भएको कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुले नेता भट्टराईलाई बधाई दिनुभएको थियो ।
१२ माघ २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया