११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

पूर्व सांसद् कार्कीको निधन



पाल्पा ।
नेपाली कांग्रेस, पाल्पाका पूर्व जिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ ।
कार्कीको आइतबार बिहान उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपीन्द्र गैरेले जानकारी दिए ।
मिर्गौला रोगबाट पीडित कार्कीले डायलायसिस गराउँदै आएका थिए । पाल्पाको रम्भा गाउँपालिका–५, ताहूँमा २००० मा जन्मिएका कार्की ०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ०५१ देखि ०५६ सम्म उनले कांग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७६ आइतबार ००:००  १० : ५२ बजे