१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गणतन्त्र दिवसमा भारतले गर्यो ३० वटा एम्बुलेन्स सहयोग



काठमाण्डौ ।
भारतले आफ्नो ७१ औँ गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स प्रदान गरेको छ । नेपालमा रहेको भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो । दूतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बससमेत सहयोग गरेको छ ।
नेपालमा रहेको भारतीय दूतावासमा भएको एक कार्यक्रमकाबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ । दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो ।कार्यबाहक राजदूत डा.अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तकसमेत प्रदान गर्नुभयो । कार्यवाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो ।

भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिबद्धता समेत गरेको छ । विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामूलक संस्थाहरुलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ । दिवसका अवसरमा इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागि हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १२ माघ २०७६ आइतबार ००:००  ३ : ४५ बजे