काठमाडौं ।
वैदेशिक रोजगारीका लागि पुस महिनामा मात्रै ५२ हजारभन्दा बढी नेपाली श्रमिक विदेशिएका छन् । संस्थागत, रिइन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ५२ हजार २ सय २५ जना वैदेशिक रोजगारीमा गएका हुन् ।
पुस महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिएकामध्ये धेरै मलेसिया गएका छन् । गत महिना ७ हजार ८ सय ४१ जना मलेसिया गएका थिए । नेपाली कामदार मलेसियापछि बढी साउदी गएका छन् । पुसमा साउदी अरब जानेको संख्या ६ हजार ३ सय २८, यूएई जानेको संख्या ५ हजार ६ सय ५९ रहेको छ भने कतार जानेको संख्या ४ हजार ८ सय २२ छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै २ लाख ५० हजारभन्दा बढी नेपाली विदेशिएका छन् । विभागले सार्वजनिक गरेको साउन महिनादेखि पुससम्म ६ महिनाको रेकर्डअनुसार रोजगारीका लागि कुल २ लाख ५३ हजार १३ जना नेपाली विदेशिएका हुन् ।
१२ माघ २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया