१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अमेरिका पुगेको चार महिनापछि उपप्रमुख नेपालीले लेखिन यस्तो स्टाटस



काठमाडौं ।
तिला गुफा नगरपालिकाकी उपप्रमुख दर्शना नेपाली चार महिनापछि सम्पर्कमा आएकी छन् । एउटा गोष्ठीमा सहभागी हुन अमेरिका गएकी नेपालीले स्वास्थ्य समस्याका कारण अमेरिकामा बसेको स्पस्टिकरण दिएकी छन् । मिडियामा उनी सम्पर्कविहीन भएको खबर आएपछि उनले आज सामाजिक सञ्जामार्फत आफू लुकेको नभई बिरामी भएका कारण उपचार गराउन अमेरिका बसेको बताएकी छन् ।
पटक–पटक फेसबुकमा समेत म्यासेजको रिप्लाई नदिने गरेको मेयरको आरोपको खण्डन गर्दै उपप्रमुख नेपालीले आफूले उल्टै फोन गरेका बेला प्रमुखले नउठाएको दाबी गरेकी छन् । गत कात्तिकको पहिलो साता नै दर्शना एउटा कार्यक्रममा सहभागी हुन अमेरिका गएकी थिइन् ।
विवाद आएपछि उपमेयर नेपालले आफ्नो फेसबुक पुनस् एक्टिभ गर्दै स्टाटस लेखेकी हुन् । आफू बिरामी भएर नेपाल फर्किन नसकेको र उपचारका लागि अझै ५ महिना लाग्ने उनले बताएकी छन् । आफूलाई लागेको रोगका विषयमा भने जानकारी गराएकी छैनन् ।
उपमेयर नेपालीका अनुसार उनलाई भारतीय डाक्टर अञ्जीर कुमारले उपचार गरिरहेका छन् । उनले आफ्नो घाउमा नुन खुसार्नी नछर्कन अनुरोध गरेकी छन् ।यस्तै, उनले फेसबुकमा स्टाटस पनि अरुमार्फत नै लेख्न लगाएकी छन् । उषा कुमाई नाम गरकी महिलाले लेख्न सहयोग गरेको उनले बताएकी छन् ।

यस्तो छ नेपालीको स्टाटस…

सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार

म आराम छैन । तपाईहरु आराम हुनुहुन्छ भन्ने विश्वास छ ।

ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ । आज आएर बुझ्दै छु । म हरायको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आयको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो । अमेरीकाबाट बारबार फोन गर्दा, कार्यालयमा मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजालजी संग पनि कुरो भएको हो । वार्ड अध्यक्षहरुसँग पनि कुरो भएको हो । कतैबाट केही प्रतिक्रिया आएन । सहयोग त झन् कुरै भएन । अमेरिका आउदाका प्लेन टिकट पनि नगरले पैसा हालेको नभएर मैले पनि बारबार माग्ने जस्तो कति चोटि कल गर्नु ।

मेयर लाई मेरो के मतलब र याद हुने कुरो पनि भएन र बारबार भिख मागिनँ । मैले सोचेँ म बरु मर्छु, तर सरकारी पैसामा उपचार गर्दिनँ, माग्दिन पनि किनकि मलाई मेरो प्लेन टिकटको पैसा त मेरो दाजुहरु पार्वत जी नेपाली र कालीप्रसाद पाण्डे दाजु र सुनिता पाण्डेले हाल्नुभएको हो । त्यसैले मागिनँ । त्यसपछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहिएन कसैले दिए पनि भनेको हो ।

अहिले म राम्रोसङ्ग बोल्न पनि सक्दिनँ । अलि अलि चल्न सक्ने भएकी छु । यसको सबै उपचार भारतकी डा। अञ्जीरकुमारले गर्दै हुनुहुन्छ । म पुर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ । तिलागुफाका जनताको माया–ममता ममा सधै छ र भैई राख्नेछ । मैले नगरपालिका संघका महसचिव भीमप्रसाद ढुंगानाजीलाई पनि भनेकै हो बरु उहाँ र हाम्रो कलानिधी देवकोटा कार्यकारी अधिकृत नगरपालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो । मैले सरकारी पैसाको उपचार नगराउने भनेर पर्दैन भनेँ । मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ । जसरी भए पनि बाच्नैपर्ने देशमा रोगी नेताले सबै पैसा सिध्याए पनि हामीले नै भन्ने फेरि उपचार गर भन्न पनि मेरो नैतिकले दिएन । तेसैले मैले सहयोग मागि‌ँन । गल्ती गरे माफ माउँ ।

जिन्दगीमा अरु केही नजाने पनि असल मान्छे कमाउन जानेकी छु । मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई । अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केहि छैन र मेरो स्वास्थभन्दा ठुलो केहि छैन । कृपया मलाई बाच्न दिनुहोस् । म बाँचे त अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने रु म दुनियाँकै शक्तिशाली भए पनि केहि छैन मलाई । अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् । के गर्ने हो गर्नुहोस् । मेरो घाउमा नुनखुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला । मलाई जिम्मेवारीका बारेमा राम्रोसङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।

प्रकाशित मिति : १२ माघ २०७६ आइतबार ००:००  २ : ५७ बजे