१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो



एजेन्सी ।
टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३१ पुगेको उद्धारकर्मीहरुले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सानो शहर सिभरिसमा रहेको थियो । तर भूकम्पको धक्का छिमेकी शहरहरुमा पनि महशुस गरिएको थियो । टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकाय (आफाड) ले ३१ जनाको मृत्यु भइसकेको पुष्टी गरेको छ ।

भूकम्पबाट करिब एक हजार ६०७ जना घाइते भएका छन् । उद्धारकर्मीहरु शनिबार र आइतबार दिनरात मानिसहरुको जीवितै उद्धारमा खटिएका थिए । आफाडका अनुसार पछिल्लो पटक ४५ जनालाई उद्धार गरिएको छ । भूकम्पबाट करिब ८० वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ६४५ वटा घरमा ठूलै नोक्सानी भएको छ । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले भूकम्प पीडितको उद्धार र पुनर्स्थापनाका लागि सरकारले तत्काल कदम चाल्ने बताएका छन्। उनी शनिबार एलाजिगमा आयोजित भूकम्पबाट मृत्यु भएका एक परिवारको दाहसंस्कार कार्यक्रममा सहभागी भएका थिए ।

प्रकाशित मिति : १२ माघ २०७६ आइतबार ००:००  १२ : ४१ बजे