१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अबको मौसमःतराईमा विहान र साँझ हुस्सु, दिउसोमा घाम



काठमाडौँ । अहिले काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँको आकाशमा बादल तथा पश्चिम र मध्य तराईमा कुहिरो लागेको छ ।यी ठाउँ बाहेकका क्षेत्रको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो उच्च हिमाली भेगका केही ठाउँमा सामान्य हिउँ पर्ने सम्भावना रहे पनि धेरैजसो ठाउँमा मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

तराईमा लागेको कुहिरो पनि दिउँसोपखबाट हटेर मौसम सफा हुने छ । आउँदो तीन दिनसम्म मौसम बदली तथा पानी पर्ने सम्भावना नरहेको तर तराईमा बिहान कुहिरो लाग्ने हुँदा चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ ।काठमाण्डौको आइतबार बिहानको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो भने दिउँसो १४ देखी १६ डिग्री सेल्सियससम्म रहने महाशाखाले अनुमान गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७६ आइतबार ००:००  १० : ५० बजे