१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आज विश्व कुष्ठरोग दिवस मनाइँदै, भेदभाव नगरौँ, माया गरौँ



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले देशका ग्रामीण क्षेत्रमा पनि र्याली तथा अन्य कार्यक्रमहरु आयोजना गरिंदैछ । कुष्ठरोगीसंग भेदभाव नगरौँ, कुष्ठरोगीलाई माया गरौँ, कुष्ठरोगी प्रति हुने भेदभाव अन्त्य गरौँ भन्ने जस्ता नारा लेखिएका प्लेकार्डहरु लिएर र्याली प्रदर्शन गरिंदैछ ।

स्कुलहरुमा हाजिरीजवाफ, वक्तृत्वकला, निवन्धलेखन जस्ता प्रतियोगितात्मक क्रियाकलापहरु गरिन्छन् । कुष्ठरोग प्रभावितहरू प्रति जागरुकता देखाउने उदेश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोग विरुद्ध मनाउन थालिएको हो । विश्वमा सन् २०२० सम्म लाखौँ मानिस कुष्ठरोगबाट संक्रमितहरु रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

मानिसमा उपचार गरे निको हुन्छ भन्ने विस्वास दिलाउन अझ प्रभावकारी अभियानहरु संचालन गर्नु आवश्यक देखिन्छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगलाई पूर्णरुपमा निर्मुल पार्न सरकारले रोगीहरुको स्वास्थ्य उपचार केन्द्रसम्म पहुँच होस् भन्ने मनसायले भत्ताको समेत व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७६ आइतबार ००:००  ६ : २० बजे