१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

कोरोना भाइरस नियन्त्रण गर्न चीनमा थप ५४० सैन्य स्वाथ्यकर्मी परिचालन



काठमाण्डौ ।
चीनबाट अन्य देशहरुमा पनि फैलिन थालेको कोरोना भाइरस नियन्त्रणका लागि थप स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । अत्यन्त धेरै बिरामीहरु रहेको वुहानमा ४५० चिनियाँ सैन्य स्वाथ्यकर्मीहरु ल्याइएको सरकारी अधिकारीहरुले जनाएका छन् । टोलीमा इबोला र यस्तै भाइरसको सङ्क्रमण नियन्त्रणका लागि नुभवी व्यक्तिहरु पनि रहेका जनाइएको छ । उनीहरुलाई तीन समूह बनाएर खटाइएको छ । सैनिकको चिकित्सा विश्वविद्यालय, जल सेना र हवाई सेनाबाट टोली बनाएर खटाइएको हो । उनीहरु हवाई यातायातमार्फत् शुक्रबार राती वुहान आइपुगेका हुन् ।

स्वासप्रस्वास सम्वन्धी विज्ञ, सङ्क्रमण नियन्त्रण विज्ञ, सघन उपचार कक्षमा काम गर्नेहरु टोलीमा रहेका छन् । वुहानका अस्पतालहरुमा कोरोना भाइरसका बिरामीहरुको भीड लागेको स्थानीय स्वास्थ्यकर्मीहरुले जनाएका छन् । ती बिरामीहरु निमोनियाका रोगी पनि रहेका छन् । शनिबारसम्ममा १२ सय ८७ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य अधिकारीहरुले घोषणा गरेका छन् । बिरामी मध्ये २३७ जना गम्भीर अवस्थामा रहेका जनाइएको छ । कोरोनाका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाइएको छ । संक्रमणलाई नियन्त्रण गर्न स्वयमसेवकहरु पनि परिचालन गरिएको छ । रासस

प्रकाशित मिति : ११ माघ २०७६ शनिबार ००:००  ४ : २१ बजे