७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

उखुको रकम नदिने अन्नपूर्ण मिलको चिनी किसानले रोके



महोत्तरी ।
सर्लाहीको धनकौल–३ मा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरुले अवरोध गरेका छन् । करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजार लैजान खोज्दा स्थानीय किसानहरुले अवरोध गरेका हुन् । उद्योग मन्त्रालयमा चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति गरेको उद्योगले गृह मन्त्रालयको सहजीकरणमा मिलबाट चिनी बिक्री गरिँदै थियोे ।


उद्योगमा चिनी ८ हजार क्वीन्टल मौज्दात छ । १० वटा ट्रकमा चिनी काठमाडौं लैजान लाग्दा अवरोध भएको हो । जिल्ला प्रसााशन कार्याालय सर्लाहीको रोहोबरमा चिनी बिक्रीको लागि सहजीकरण थालिएको तर बिहानैदेखि स्थानीयको समूहले अबरोध गर्दा उद्योगबाट चिनी पठाउन नसकिएको सर्लाहीको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बताए ।
जिसीकाअनुसार चिनी लैजान नदिन सडकमा स्थानीयले खाल्डो खनेका छन् । उनीहरुले मिलको सुरक्षामा तैनाथ प्रहरीमाथि ढुंगा समेत हानिएको उनले बताए ।

प्रकाशित मिति : ११ माघ २०७६ शनिबार ००:००  ३ : ४४ बजे