९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपालको कम्युनिष्ट शासन प्रणाली कुनै किताबमा फेला पर्दैनः अध्यक्ष दाहाल



काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा फेला नपर्ने खालको भएको बताउनुभएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार ‘जनताको जनवादका आधारहरु‘ विषयक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट क्रान्ति पुरानो पुँजीवादी क्रान्ति र नवजनवादी क्रान्तिभन्दा भिन्न प्रकृतिको भएको बताउनुभएको बताउनुभएको हो ।

नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व मुख्य रुपमा स्थापित गर्दे पूँजीपतिलाई पनि साथ लिएर सामन्तवादमाथि विजय हासिल गरेको हुनाले यसलाई समाजवाद उन्मुख जनताको जनवादको रुपमा समाजवादको आधार तयार पार्ने एउटा राजनीतिक प्रक्रियाको रुपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

पूँजीपतिलाई पनि सहयात्री बनाएर नेपालको क्रान्ति सपन्न भएकाले नवजनवादी वा पुरानो पूँजीवादी दुवै क्रान्तिजस्तो नभइ नेपालको क्रान्ति ‘नेपाली जनवादी क्रान्ति’ भएको टिप्पणी उहाँले गर्नुभयो ।
अध्यक्ष दाहालले पार्टीको इतिहास तयार पार्ने जनताको जनवादका आधारहरु पुस्तकले ऐतिहासिक एकतापछिको संक्रमणकालीन परिस्थिति र विचारको विकासको प्रक्रिया र श्रृंखलालाई बुझ्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ११ माघ २०७६ शनिबार ००:००  ३ : २१ बजे